back
CTIZAN AD

अनेसास फ़्लोरिडा च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

वि.सं.२०७५ वैशाख ५ बुधवार

1K 

shares

anasas usa nijananda mallaअन्तराष्ट्रीय नेपाली साहित्य समाज, फ़्लोरिडा च्याप्टरको आगामी दुई बर्षको लागि नव निर्वाचित कार्य समिति (२०१८ -२०) का पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।  NAF – Nepalese Association of Florida द्वारा नयॉ बर्ष बिसं २०७५ को अवसरमा आयोजित पिकनिक कार्यक्रमको एक बिशेष समारोह बिच उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

अनेसास फ़्लोरिडा च्याप्टरका मीना शाक्य प्रधानको सभापतित्वमा संचालित सो समारोहमा निर्वाचित पदाधिकारीहरुलाई अनेसासका पूर्व अध्यक्ष एवं प्रमुख निर्वाचन आयुक्त कृष्ण श्रेष्ठले संस्थाको बिधान मुताबिक़ सपथ ग्रहण गराउनुभएको थियो। गत महिना अनेसास फ़्लोरिडा च्याप्टरको अध्यक्षमा निजानन्द मल्ल, बरिष्ठ उपाध्यक्षमा डा राजेन्द्र शाक्य, महासचिवमा शंम्भू कडेंल र कोषाध्यक्षमा बीनु पाठक सर्वसम्मत चयन हुनु भएको थियो।

सपथ ग्रहणको कार्यक्रम पछि संस्थाको प्रतिक विध्याकी आराध्य देवी सरस्वती माताको मूर्ति अध्यक्ष मीना प्रधानले नवनिर्वाचित अध्यक्ष निजानन्द मल्ल र कोषाध्यक्ष बीनु पाठक समेतलाई माला र खादा ओढ़ाई पूर्व अध्यक्ष बिमल नेपाल, कृष्ण श्रेष्ट , डा चुडा खनाल र पूर्व समितिका पदाधिकारीहरुको साक्षीत्वमा हस्तान्तरण गरी आफ्नो अन्तिम ज़िम्मेवारी पुरा गर्नुभएको थियो।

उक्त अवसरमा पूर्व अध्यक्षत्रयद्वारा बहिर्गमन र नयॉ अध्पक्ष र पदाधिकारीहरुलाई क्रमशस् बधाई, धन्यबाद र शुभकामना ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्षले आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनुभयो। साथै नवअध्यक्ष मल्लले आफुहरुले पूर्ण बिश्वास गरी निर्विरोध चयन गरिदिएकोमा सबैमा आभार प्रकट गर्दै संस्थाको उदेश्य प्राप्तिका लागि सक्रिय रहन समितिको तर्फबाट भाषा, साहित्यको बिकाशमा सबैबाट सहयोगको अपेक्षा राख्नुभएको थियो।

पूर्व अध्यक्ष कृष्ण श्रेष्ठले संयोजन गर्नुभएको उक्त सेशनमा श्रष्टाद्वय मीना शाक्य र हरिओम प्रधानद्वारा लिखित र अनेसास फ़्लोरिडाद्वारा प्रकाशित दुई ग़ज़ल संग्रह क्रमश : “गठेमंगल” र “फाटेको टोपी” पुस्तकको लोकार्पण डा मनोज भट्टराई र खिमानन्द भन्डारीले गर्नुभएको थियो।

प्रत्येक साल नयॉ बर्षको कार्यक्रममा अनेसासद्वारा संचालन हुने “खुल्ला कविता प्रतियोगिता” यसपटक पनि एनएएफको बिशेष सहयोगमा आयोजना गरिएको थियो जहॉ थुप्रै स्रष्टाहरुले आफ्नो रचना प्रतियोगि र अप्रतियोगिको रुपमा प्रस्तुत गर्नु भएको थियो। प्रतियोगितामा सहभागि कविताहरु मध्ये दिप कार्कीको “शुभकामना आमा” प्रथम, डा. चेवन आचार्यको “मनको संगित भएको देश” द्वितीय र डा नगेन्द्र ढकालको “म मान्दिन“ तृतिय भएका थिए। आयोजक परिवारको तर्फबाट उत्कृष्ट तीन कवितालाई नगद पुरस्कारको ब्यवस्था गरिएको थियो भने निर्णायक मण्डलमा बिमल नेपाल, डा नेत्र खनाल र डा यादव पौडेल रहनुभएको थियो। सल्लाहकार बिकाश देवकोटाले संचालन गर्नुभएको कविता प्रतियोगितामा पूर्व अध्यक्षत्रयले उत्कृष्ट कविताका श्रष्टाहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

नयॉ बर्ष बिसं २०७५ को शुभ उपलक्ष्यमा संरा अमेरिकाको फ़्लोरिडा राज्यको नेपाली संस्था नेप्लिज एसोशियसन अफ फ़्लोरिडाले फ़ोर्ट मायर्स शहरको Lakes Regional Park मा आयोजित पिकनिक कार्यक्रममा ओर्ल्याण्डो देखि मायमीसम्मका नेपाली समुदायको बाक्लो उपस्थिति थियो। बिहान ११ बजे देखि शुरु भएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, अनेसास फ़्लोरिडा च्याप्टर द्वारा संचालित “खुल्ला कविता प्रतियोगिता” बालबालिका तथा युवाहरुको लागि बिभिन्न खेलकूदहरु- भलिवल, क्रिकेट र मनोरन्जनात्मक सॉगितिक कार्यक्रमहरु लगायत बार्वक्यु स्न्याक्स र डीनरको ब्यवस्था रहेको थियो।

अन्त्यमा, यसपालीको नयॉ बर्षको पिकनिक कार्यक्रममा टाढा टाढादेखि सहभागि गरिदिनु भएर रमाईलो मानी कार्यक्रम सफल पारीदिनु भएकोमा सबै नेपाली परिवार सदस्यहरुलाई आयोजकको तर्फबाट एनएएफका अध्यक्ष डा चुडामणी खनालले धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रमको समापन भएको घोषणा गर्नु भयो।

वि.सं.२०७५ वैशाख ५ बुधवार १०:११ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...