back
CTIZAN AD

ह्वात्तै घट्यो नेप्से, करोबार रकम भने ५ अर्ब नजिक

वि.सं.२०७६ फागुन १८ आइतवार

1.3K 

shares

१८ फागुन, काठमाडौं । सेयर कारोबार नेप्से आज ह्वात्तै घटेको छ । परिसूचक ४०.८२ बिन्दुले घटेको नेप्सेले जनाएको छ । सुचिकृत मध्ये १८३ कम्पनीका ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैंयाँ बराबरको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएको छ ।

“सबै भन्दा धेरै एनएमबि बैंक र ग्लोबल आईएमई बैंकको सेयर किनबेच भएको छ ।”

बजार खुल्दा १६६२.८५ अंकमा रहेको सेयरबजार बजार बन्द हुदा विहिबार भन्दा ४०.८२ अंकले घटेर १५९१.३६ बिन्दुमा पुगेको छ । सेयर कारोबारीहरुले यसलाई बजारमा आएको करेक्सन भनेका छन ।

कूल १२ उपसमुह मध्ये बित्त कम्पनी ४.२५ बाहेक सबै ११ समूहको परिसूचक घटेको छ । आजको कारोबारमा सबै लगानीकर्ताहरु बैंक तिर झुम्मिएका थिए । जसमा सबै भन्दा धेरै एनएमबि बैंक र ग्लोबल आईएमई बैंकको सेयर किनबेच भएको छ । एनएमबि बैंकको सबैभन्दा धेरै २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैंयाँ वराबरको सेयर किनबेच भएको छ भने ग्लोबल आईएमई बैंकको २५ करोड ८५ लाख ५४ हजार ९३ रुपैंयाँ बराबरको सेयर किनबेच भएको छ ।


सेयर कारोबार संख्यामा पनि बैंकिङ क्षेत्र नै अगाडी देखिएको छ । ग्लोबल आईएमइ, नबिल र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा नेपाल माईक्रो फाइनान्स ९१, मितरी डेभलोपमेन्ट बैंक४१ , विशाल बजार कम्पनी ३८ लगायतका लगानीकर्ताले कमाउँदा बोटलर्स नेपाल –८५६, राष्ट्रिय बीम कम्पनी लिमिटेडको प्रमोटर सेयर–६७९, स्वभिमा लघुबित्त –११८, लगायतका लगानीकर्ताले गुमाएका छन ।

बैंकिङ समूह चम्किदा शेयर बजारमा उच्च अंकको वृद्धि, झन्डै साढे चार अर्ब बराबरको कारोवार ।

शेयर बजारमा उच्च अङ्कको वृद्धि, एकै दिनमा दुई अर्ब ९९ करोडमाथिको कारोबार

सेयर बजार झिनो अंकले घट्यो, बैकिङ क्षेत्र अझै मजबुद ।

सेयर बजारमा ऐतिहासिक रेकर्ड, एकै दिनमा ३ अर्ब ६० करोडको कारोवार

 

वि.सं.२०७६ फागुन १८ आइतवार १६:४६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...